(१) प्रतिष्ठानको एउटा छुट्टै कोष हुनेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा विदेशी संस्थाबाट प्राप्त अनुदान रकम,
(ग) कुनै व्यक्ति, संस्था वा सरकारबाट प्राप्त ऋण, चन्दा, सहायता, अनुदान वा दान दातव्यको रकम,
(घ) ……….. नगरपालिकाबाट प्राप्त अनुदान रकम,
(ङ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) प्रतिष्ठानले कुनै विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ, संस्था वा विदेशी संस्थाबाट अनुदान रकम प्राप्त गर्नु अघि नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(४) प्रतिष्ठानलाई जुन कार्यक्रम वा कामको लागि रकम प्राप्त भएको छ सो रकम सोही कार्यक्रम वा काममा खर्च गर्नु पर्नेछ ।
(५) प्रतिष्ठानले गर्नु पर्ने सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(६) सम्बन्धित प्रशिक्षण केन्द्रले आर्जन गरेको रकम तोकिए बमोजिम सोही प्रशिक्षण केन्द्रले पाउने गरी निकासा दिइनेछ ।
(७) प्रतिष्ठानलाई प्राप्त हुने सबै रकम प्रतिष्ठानको नाममा नेपाल ………. भित्रको कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(८) प्रतिष्ठानको कोष र खाताको सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट हुनेछ ।